Logo

ग्लोबल आइएमई बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ, डिजिटल बैंकिङसम्बन्धी जानकारी दिने

ग्लोबल आइएमई बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ, डिजिटल बैंकिङसम्बन्धी जानकारी दिने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ । बैंकले बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।

laxmi

आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारण समक्ष जानकारी पुर्‍याउन जरुरी रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी, सञ्चालन प्रमुख अनामिका सिंह, बाग्मती प्रदेश प्रमुख धोज साउद, बाग्मती प्रदेश उप–प्रमुख प्रवेश पाण्डे, डिजिटल बैंकिङ्ग प्रबन्धक मनिन्द्रराज जोशी तथा बैंकका अन्य पदाधिकारीहरु एवम् बनेपाका स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL