Logo

ग्लोबल आईएमई लघुवित्तको बम्पर लाभांश घोषणा, सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर

ग्लोबल आईएमई लघुवित्तको बम्पर लाभांश घोषणा, सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर



काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले आफ्ना सेयरधनीलाई उच्च लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

laxmi

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको २८ प्रतिशतले हुन आउने १२ करोड ८ लाख ७८ हजार ९ सय १५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ४३ करोड १७ लाख १० हजार रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL