Logo

प्राईम बैंकको १४ औं वार्षिकोत्सव, उत्पादनमूलक क्षेत्रको कर्जा प्रवाहमा अग्रस्थानमा

प्राईम बैंकको १४ औं वार्षिकोत्सव, उत्पादनमूलक क्षेत्रको कर्जा प्रवाहमा अग्रस्थानमा



काठमाडौं । प्राइम कमर्सियल बैंकले निजीक्षेत्रमै सबैभन्दा बढी जलविद्यूत आयोजनाहरुमा कर्जा लगानी गरेको छ । स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको अवसरमा दिइएको जानकारी अनुसार प्राइम बैंकले झण्डै २५ विद्युत आयोजनामा अगुवा बैंकको रुपमा कर्जा लगानी गरेको छ र तीमध्ये कतिपयको उत्पादन शुरु भै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । त्यस्तै पाँचवटा सिमेन्ट, ६ वटा होटेल तथा अन्य उत्पादनमूलक परियोजनाहरुमा लगानी गरेको छ ।

यस अवधिमा बैंकको कुल पुँजीकोष रु १९ अर्ब, निक्षेप रु १२९ अर्ब र कर्जा रु ११५ अर्ब पुगेको छ । त्यसैगरी बैंकको शाखा सञ्जाल १८८, ग्राहक संख्या ८ लाखभन्दा बढी छ भने करिव २१ सय जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

नेपाल सरकारलाई वार्षिक १०० करोडभन्दा बढी राजस्वमा योगदान गर्न सक्षम यस बैंकले सेवाको गुणस्तरका लागि बेलायत अमेरिका, फ्रान्सस्थित विभिन्न प्रतिष्ठित संस्थाहरुबाट पुरस्कार प्राप्त गरेको छ । शुरुका वर्ष रु १ लाखमा किनेको १००० कित्ता सेयर निरन्तर वितरित लाभांश र बोनस सेयरका कारणले अहिले ६९९५ कित्ता पुगेको र यो भदौ मसान्तको मूल्यमा रु २० लाखभन्दा बढीको सम्पत्ति बनेको जानकारी पनि दिइएको छ ।

बिज खबरसँग कुरा गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आजको यस विषम र असहज परिस्थितिमा पनि ग्राहक महानुभावहरुले बैंकको वित्तीय स्वास्थ्यलाई टेवा पुर्याउन विगतमा जस्तै कर्जाको भुक्तानीमा पु¥याउनुभएको सक्रियता, सदाशयता र सहयोगका लागि आभार व्यक्त गरे ।
यस विश्वव्यापी महामारीले पुर्याएको नोक्सानीबाट उकास्न नेपाल राष्ट्र बैंकले राहतस्वरुप विभिन्न नीतिगत सहुलियत तथा सुविधाहरुको घोषणा गरेको छ । बैंकलले दिएको जानकारी अनुसार प्राइम बैंकबाट ती सुविधाहरु उपलब्ध भैरहेका छन् । बैंकले त्यसको सदुपयोग गरी आफ्नो दैनिक जीवन, व्यापार व्यवसाय, उद्योगधन्दालाई सुचारु गर्न यस बैंकको नजिकको शाखामा सम्पर्क गर्नु हुन अनुरोध गरेको छ ।

छोटो समयमा उल्लेख्य प्रगति र प्रतिष्ठा हासिलका लागि योग्य तुल्याउन यस संस्थालाई हरदम सहयोग गर्ने, सद्भावना र सदाशयता राख्ने सम्पूर्ण ग्राहक, विभिन्न संघ संस्थाहरु, नियामक निकाय, सञ्चार जगत, कर्मचारी वर्ग लगायत शुभेच्छुक सबैमा बैंकले धन्यवाद दिएको छ । साथै यस अवसरमा जस्तोसुकै प्रतिकूल अवस्थाका बीच पनि बैंक परिवार ग्राहकहरुको सेवामा सदाझै हरदम तत्पर रहने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL