Logo

ग्लोबल आइएमई बैंकले संचालनमा ल्यायो २ शाखारहित बैंकिङ सेवा, सेवा संख्या २२० पुग्यो

ग्लोबल आइएमई बैंकले संचालनमा ल्यायो २ शाखारहित बैंकिङ सेवा, सेवा संख्या २२० पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २ सय २० पुगेको छ ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. १, अमादिंग गोरथलीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा साङे शेर्पा र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं. १५, ज्यामिरगढीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा तीर्थराज काफ्लेलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL