Logo

व्यक्तिगत आवधिक कर्जाको ब्याजदर बढाउन नपाईने, ऋणीलाई दुईथरी सुविधा

व्यक्तिगत आवधिक कर्जाको ब्याजदर बढाउन नपाईने, ऋणीलाई दुईथरी सुविधा



काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर (फिक्स) गरेको छ । बैंकहरुले कर्जा प्रदान गरेको केही समयभित्रै ब्याजदर बढाएर ऋणीलाई समस्यामा पार्न थालेपछि नेपाल राष्ट्र बैंकले एकिकृति निर्देशन २०७७ मार्फत व्यक्तिगत आवधिक प्रकृतिका कर्जाको ब्याजदर बढाउन नपाईने व्यवस्था गरेको हो ।

अबका दिनमा कुनै पनि ऋणीले सुरुमा जति व्याजदरमा कर्जा लिन्छ सो अबधिसम्मका लागि एउटै ब्याजदर लागू हुने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तमणि शिवाकोटीले जानकारी दिए । ‘राष्ट्र बैंकले आजै एकिकृत निर्देशिका २०७७ जारी गर्दैछ,’ उनले भने, ‘उक्त निर्देशिका जारी भएपछि कुनै पनि बैंकले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर फेरबदल गर्न पाउने छैन ।’

पछिल्लो समय बैंकहरुले हाउजिङ लोन, अटो लोन, रिययस्टेट जस्ता आवधिक कर्जा लिएका व्यक्तिको पटक पटक व्याजदर बढाएको भन्ने गुनासो आएपछि राष्ट्र बैंकले एकिकृत निर्देशिका मार्फतनै त्यस्ता कर्जाको ब्याजदरलाई फिक्स गरिदिएको हो ।

तर ऋणीहरुले त्यस्ता खालका आवधिक कर्जा लिँदा फ्लोटिङ वा फिक्स दुबैथरी ब्याजदरको सुविधा छान्न सक्ने छन् । यदि कुनै ऋणीले फिक्स व्याजदर सुविधा अन्तरगत कर्जा लिन्छ भने बैंकले जति वर्षका लागि कर्जा प्रबाह गर्छ सोही अबधिसम्मका लागि ब्याजदर बढाउन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL