Logo

निषेधाज्ञामा पनि बैंकहरुलाई ग्राहकको चाप थेग्न कठिन, आजदेखि काठमाडौंमा एउटा बैंकका ५ शाखा खुल्ने

निषेधाज्ञामा पनि बैंकहरुलाई ग्राहकको चाप थेग्न कठिन, आजदेखि काठमाडौंमा एउटा बैंकका ५ शाखा खुल्ने



काठमाडौं । सरकारले लगाएको निषेधाज्ञाका कारण आवत जावतमा समस्या भएको भन्दै सेवा बन्द गरेर बसेका बैंकहरुले आजदेखि काठमाडौं उपात्यकामा ५ वटा शाखा संचलनमा ल्याउने भएका छन् । निषेधाज्ञा जारी भएको पहिलो दिन सबै काठमाडौं उपत्यकामा सबै शाखा बन्द गरेका बैंकहरुले शुक्रबार प्रधान कार्यालय सहित ४ वटा शाखा संचालनमा ल्याएका थिए ।

laxmi

तर, पछिल्लो समय ग्राहकको चाप थेग्न कठिन भएसँगै आईबारदेखि प्रति बैंक ५ वटा शाखा कार्यालय संचालनमा ल्याउने निर्णय गरिएको निर्णय गरेको बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए ।

दाहालका अनुसार शुक्रबार काठमाडौं उपात्यकाका ३ वटा जिल्लामा १ र १ वटा शाखा कार्यालय संचालनमा ल्याईने ल्याइएको थियो । तर आज भने प्रधान कार्यालय सहित ५ वटा शाखा कार्यालयबाट आफ्ना ग्राहकलाई सेवा दिईने उनले जानकारी दिए ।

‘यस अघि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रदान गर्न नेपाल राष्ट्र बैंकले पास उपलब्ध गराएको थियो । तर, अहिले कुनै पास नदिएका कारण कर्मचारीलाई कार्यालय आउनजानमै समस्या भएको उनको भनाई थियो । साथै अहिले काठमाडौं उपत्यकामा एउटा बैंकले ३५ जना कर्मचारीबाट मात्रै सेवा दिइरहेको उनले जानकारी दिए ।

सबै बैंकले आफ्नो प्रधान कार्यालय भने खुला राख्ने भएका छन् । मुख्य कार्यालयबाट देशभरका शाखा व्यवस्थापन तथा बैंकको कार्ड विदेशमा समेत चल्ने भएकाले त्यसको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले मुख्य कार्यालय संचालनमै राखिएको सम्बछ बैंकहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL