Logo

अब बैंकका कर्मचारीहरुले पनि घरबाटै काम गर्न सक्ने, राष्ट्र बैंकले जारी गर्याे निर्देशन

अब बैंकका कर्मचारीहरुले पनि घरबाटै काम गर्न सक्ने, राष्ट्र बैंकले जारी गर्याे निर्देशन



काठमाडौं । अब बैं‌क तथा वित्तीय संस्थाहरुका कर्मचारीले पनि घरबाटै काम गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुलाई पनि घरबाटै काम गर्न सकिने गरी निर्देशन दिएका हो ।
राष्ट्र बैंकले पछिल्लो समय संक्रमित थपिँदै गर्दा जोरविजोर प्रणालीका कारण कर्मचारीहरु कार्यालयसम्म आउन नसक्ने हुँदा यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो ।

laxmi

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबै कर्मचारीलाई एकै पटक काममा नलगाउन पनि निर्देशन दिएको छ। आवश्यक्ता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने ब्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन गरेको हो ।

प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासन मार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL