Logo

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, २०८२ मा परिपक्व हुने

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, २०८२ मा परिपक्व हुने



काठमाडौं । नबिल बैंकको नबिल डिबेन्चर–२०८२ (ऋणपत्र) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज र नबिल बैंक लिमिटेडबीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको हो ।

laxmi

कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २० लाख थान ऋणपत्र वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र नबिल बंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका हुन् ।

नबिल बैंकले आफ्नो देशभर ११८ वटा शाखा कार्यालयहरु, १७५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सन्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL