Logo

कर्जाको किस्ता र ब्याज तिर्ने समय पुस मसान्त सम्मलाई थपियो, अति प्रभावितलाई १ बर्षको सुविधा

कर्जाको किस्ता र ब्याज तिर्ने समय पुस मसान्त सम्मलाई थपियो, अति प्रभावितलाई १ बर्षको सुविधा



काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीले कर्जाको ब्याज र किस्ता तिर्ने समय पुस मसान्त सम्मका लागि थप गरेको छ । यस अघि राष्ट्र बैंकले २०७७ असार मसान्त सम्म समय दिएकोमा मौद्रिक नीतिमार्फत त्यसलाई थप गर्दै पुस मसान्त सम्मका लागि थप गरिएको छ ।

laxmi

यसगरी मौद्रिक नीतिले उद्योग व्यवसायको प्रकृतिको आधारमा समय थप गर्ने भएको छ । यसैगरी कोरोनाबाट अति प्रभावित उद्योग व्यवसायका लागि २०७८ असार मसान्तसम्मका लागि समयका लागि थप गरिएको छ ।

साथै बढी प्रभावित भएका होटल व्यवसायले लिएका कर्जाको लागि आवश्यकताको आधारमा १ बर्ष भन्दा बढी समय थप गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL