Logo

नेपाल बंगलादेश बैंकद्धारा बैंकको बीमा सुविधाअन्तर्गतको १५ लाख हस्तान्तरण

नेपाल बंगलादेश बैंकद्धारा बैंकको बीमा सुविधाअन्तर्गतको १५ लाख हस्तान्तरण



काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले ल्याएको बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ ।

यस अन्तर्गत बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा परी असामाहिक निधन भएकोमा सो खातामा रहेको बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको प्राप्त रकम रु १५ लाख स्वर्गीय शेर्पाकी पत्नी श्रीमती पेमलमु शेर्पालार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

बैंकले मिति सोमबार बैकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा एक कार्यक्रमको बीच उक्त रकम हस्तान्तरण गरेको हो ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न खालका सुविधाहरु दिंदै आएको परिप्रेक्ष्यमा यस प्रकारको प्रयासबाट मृत्यु भएका ग्राहकको परिवारको आर्थिक हित हुने अपेक्षा रहेको छ । साथै आगामी दिनहरुमा पनि बैकले आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी गराएको छ ।

बैंकले ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This