Logo

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली अर्थात शनिबार पनि बैंकहरु खुला राख्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले राजस्व उठौतिमा सहजता प्रदान गर्न क, ख र ग बर्गका बैंकहरु खुला राख्न निर्देशन दिएको हो ।

करदाताहरुले बुझाउने कर सहज रुपमा बुझ्ने व्यवस्था गर्नका लागि सार्वजनिक विदालगायमा पनि बैंकहरु खोल्न निर्देशन दिएको हो ।

यस्तो बेलामा बैंकले आफ्ना शाखाहरु तथा क्लियरिङ काउन्टरहरु संचालन गर्नुपर्ने राष्ट्र बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL