Logo

राष्ट्र बैंकको कारोवार समय २ घण्टा बढ्यो, असोज असोजबाट कार्यान्वयन

राष्ट्र बैंकको कारोवार समय २ घण्टा बढ्यो, असोज असोजबाट कार्यान्वयन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बैंकिङ कारोबार समय बढाएको छ । राष्ट्र बैंकले सुचना प्रकाशित गरी असोज १ गतेदेखि लागू हुने गरी आफ्नो बैंकिङ करोबारको समय २ घण्टा बढाउन लागेको हो ।

राष्ट्र बैंकले अव माघ १६ गतेदेखि कात्तिक १४ गतेसम्म विहान १० बजेदेखि ४ बजेसम्म बैंकिङ कारोवार गर्ने भएको छ । यसअघि विहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र बैंकिङ कारोबार गर्दै आएको थियो ।

यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कारोबार समय पनि दुई घण्टाले बढाइएको छ । यसअघि यो अवधिमा विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै बैंकिङ कारोबार गर्दै आएको थियो । यसैगरी शुक्रबार भने विहान १० बजेदेखि दिउँसो १२ः३० बजेसम्म बैंकिङ कारोबार हुने भएको छ ।
बैंकले १ वजेदेखि २ बजेसम्म १ घण्टाको लागि खाजा खाने सयम राखेको छ । उक्त समयमा भने बैंकिङ कारोवार नहुने राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL