Logo

राष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधिको मस्यौदा सार्वजनिक, १५ दिनभित्र सरोकारवालाहरुलाई सुझाव पेस गर्न समय

राष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधिको मस्यौदा सार्वजनिक, १५ दिनभित्र सरोकारवालाहरुलाई सुझाव पेस गर्न समय



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को मस्यौदा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार उक्त २३ पेज लामो मस्यौदा सार्वजनिक गरेको हो । यस्तै राष्ट्र बैंकले कोरोनाको महामारीबाट अर्थतन्त्रलाई परेको प्रभावलाई मध्यनजर गर्दै यसको परीमार्जन गर्न सरोकारवाला निकायसँग सुझाव समेत मागेको छ ।

सरोकारवाला निकायले आगामी १५ दिनभित्र सुझाव दिन पनि केन्द्रीय बैंकले आग्रह गरेको छ । सार्वजनिक मस्यौदा अनुसार साधारण पुनरकर्जा प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ ।

यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने स्पष्ट पारेको छ । साथै, राष्ट्र बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनरकर्जाको अधिकतम सीमा भने १० करोड रुपैयाँ हुनेछ । यस्तो रकम कुल पुनरकर्जा प्रदान गर्ने रकमको ७० प्रतिशतभन्दा बढी नहुने मस्यौदामा उल्लेख छ ।

कोरोना भाइरस प्रभावको राहत प्याकेज कार्यक्रम अन्तर्गत सरकारले ६० अर्बको पुनरकर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको हो ।

यस्तो छ मस्यौदा

प्रतिक्रिया दिनुहोस्
MBL