Logo

ग्राण्ड बैंकका सीईओ र महाप्रवन्धकद्वारा राजीनामा

ग्राण्ड बैंकका सीईओ र महाप्रवन्धकद्वारा राजीनामा


रामराजा श्रेष्ठ
27
Shares

 

बिजखवर संवाददाता
२७ कात्तिक, काठमाडौं । ग्राण्ड बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम क्षेत्री र महाप्रवन्धक बिजय पन्तले राजीनामा दिएका छन् । उनीहरुले बैंकको आर्थिक अवस्था सुधार गर्न नसकेको स्वीकार गर्दै विहीबार संचालक समिति समक्ष राजीनामा दिएको बैंक स्रोतले बताएको छ ।
उनीहरुले राजीनामा दिएपनि बैंक संचालक समितिले स्वीकृत गरिसकेको छैन । केही समय भित्रै संचालक समितिको बैंठक बसेर राजीनामा स्वीकृत गर्ने बैंकका एक अधिकारीले बताए । क्षेत्री झण्डै ६ महिना अघि ग्राण्ड बैंकमा सीईओ भएर आएका थिए । उनी आएपछि पनि बैंकको आर्थिक अवस्था नसुध्रिएपछि नैतिकताको आधारमा राजीनामा दिएको उक्त स्रोतको दावी छ ।
यही असार मसान्तमा अनावश्यक रुपमा २ अर्व रुपैयाँ कर्जा नोक्सानी व्यवस्था प्रोभिजन गरेपछि क्षेत्रीलाई त्यही नै घाडो भयो । त्यति ठूलो मात्रामा प्रोभिजन गरेपछि नेपाल राष्ट्र बैंकले तत्कालै सीध्र सुधारात्मक कारवाही (पीसीए) लाएको थियो । यस्तै, बैंकले असोजमा पनि कर्जा असुली गर्न सकेको थिएन । त्यसपछि बैंक झन् समस्या परेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL