Logo

कोरोना कोषमा गरिमा विकास बैंकको ३५ लाख सहयोग, प्रत्येक प्रदेशलाई ५ लाख

कोरोना कोषमा गरिमा विकास बैंकको ३५ लाख सहयोग, प्रत्येक प्रदेशलाई ५ लाख



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड–१९ महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा ३५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

laxmi

बैंकको संचालक समितिको बैठकले प्रत्येक प्रदेशलाई ५ लाखको दरले बैंकले कूल ३५ लाखको सहयोग पुर्‍याउने निर्णय गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL