Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, ज्ञानचक्षु विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, ज्ञानचक्षु विद्यालयलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंकले धरान उपमहानगरपालिका १५ ज्ञानचक्षु मार्ग स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत विद्यालयलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

laxmi

बैंकले एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरेको हो । विद्यालयले दृष्टिविहिन, न्यूनदृष्टि लगायत बहुअपांग बालबालिकाहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । शारिरिक रुपमा अशक्त विद्यार्थीहरूलाई विशेष माध्यमद्वारा अध्ययन अध्यापन गराईने सो विद्यालयले सम्पूर्ण विद्यार्थीहरु आवासीय रूपमा रही अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।

उक्त रकमले विद्यालयको छात्रवासमा विद्यार्थीहरु भुईमा बसेर पढ्न जाडोको समयमा कस्टप्रद हुने भएकोले उक्त सहयोग रकमबाट छात्रवासमा न्यानो कार्पेट राख्नुका साथसाथै शारिरिक रुपमा अशक्त विद्यार्थीहरूको लागि पानी फिल्टर गर्ने मेशिन खरिद गर्ने भएको छ ।

बैंकले ९३ शाखा, ९० एटिएम तथा १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा समेत उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL