Logo

महाशिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद, ग्राहकहरुलाई विभिन्न छुट

महाशिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद, ग्राहकहरुलाई विभिन्न छुट



काठमाडौं । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यो योजना अन्तर्गत बिवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ्ग आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा निःशुल्क पाउन सकिने छ ।

साथै, यो योजनामा महिला ग्राहकले १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछन् । यो योजना फाल्गुन ०७ देखि ११ सम्मका लागि लागु गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL