Logo

यातायात ब्यबस्था कार्यालय बिराटनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन, सेवाग्राहीहरुलाई सहजता

यातायात ब्यबस्था कार्यालय बिराटनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन, सेवाग्राहीहरुलाई सहजता



काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङको बिराटनगर महानगरपालिका स्थित यातायात ब्यबस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बिराटनगरस्थित यातायात ब्यबस्था कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको बिराटनगरका यातायात ब्यबस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले एक समारोहका बीच समुद्घाट्न गरेका हुन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले यातायात ब्यबस्थापन कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात ब्यबस्थापन कार्यलयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र यातायात ब्यबस्थापन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटीएम, ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL