Logo

टुरिजम बैंकले शुरु गर्यो भिसा डेबिट र ट्राभल कार्डको सेवा, संसारभर लागु हुने

टुरिजम बैंकले शुरु गर्यो भिसा डेबिट र ट्राभल कार्डको सेवा, संसारभर लागु हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२६ असार , काठमाडौं । टुरिजम डेभलपमेण्ट बैंकले भिसा डेबिट कार्ड र अमेरिकन डलर ट्राभल कार्डको सेवा शुरु गरेको छ । ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने क्रममा यो सेवा सुरु गरेको हो ।

laxmi

भिसा डेबिट कार्डबाट नेपाल तथा भारतका जुनसुकै ठाँउहरुमा तथा भिसा ट्राभल कार्ड बाट संसारको कुनै पनि ठाउँमा भिसा नेटवर्क भित्र कारोवार गर्न सकिने बैंकले जानकारी दिएको छ ।

भिसा ट्राभल कार्ड मार्फत् विदेशमा यात्रा गर्ने नेपालीहरुले संसारको कुनै पनि ठाउँबाट सहज रुपमा पैसा निकाल्न तथा भुक्तानी गर्न सक्नेछन् ।

साथै भिसा ट्राभल कार्डको प्रयोगबाट विदेशी मुद्रा बोक्ने झन्जटबाट ग्राहकहरुले छुट्कारा पाउने बैंकको विश्वास छ । भिसा डेबिट कार्र्ड तथा भिसा ट्राभल काड सेवा बैंकको देशभर रहेका १४ ओटै शाखामा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL