Logo

सामाजिक सुरक्षा भत्ता वितरण प्रति सिटिजन्स बैंकको ध्यानाकर्षण, सफलतापूर्वक सम्पन्न भएको दावी

सामाजिक सुरक्षा भत्ता वितरण प्रति सिटिजन्स बैंकको ध्यानाकर्षण, सफलतापूर्वक सम्पन्न भएको दावी


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

laxmi

२२ असार,काठमाडौं । बाँके, सुर्खेत र बाग्लुङ्ग जिल्लामा परीक्षणको रुपमा  शुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारी नभएकोले गाविस मार्फत गर्नु परेको भन्ने समाचारप्रति सिटिजन्स बैंक इण्टरनेशनलको ध्यानाकर्षण भएको छ ।
बैंकले गत आर्थिक वर्षदेखि बैंकिङ्ग प्रणाली मार्फत् शुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको बैंकद्धारा जारी विज्ञप्त्मिा भनिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३ जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरण कार्य परीक्षणको रुपमा संचालन गर्न वाणिज्य बैंकहरुसँगको प्रतिष्पर्धामा सिटिजन्स बैंकलाई चयन गरेको थियो ।

साथै  यस सम्बन्धमा उक्त मन्त्रालय र यस बैंकका बीच २०७० माघमा   सम्झौता भएको  बताइएको छ ।

सम्झौतानुसार बैंकले तीनै जिल्लाका सम्पूर्ण गाविस र नगरपालिकामा गत वर्ष देखि शाखा रहित बैंकिङ्ग प्रणाली मार्फत् सामाजिक सुरक्षा भत्ताको तीन किस्ता मंसिरदेखि असारसम्मको र आ.व. २०७१\७२ को पहिलो किस्ता, श्रावणदेखि कार्तिक सम्मको भुक्तानी बैंकका एजेन्टहरुका माध्यमबाट बैंकमा खाता खोल्न लगाई १ लाख ७ हजार एक सय ८६ जना सेवा ग्राहीलाई सेवा दिएको थियो । मन्त्रालयसँगको सो मन्त्रालयसँग भएको सम्झौता गत आश्विन १४, २०७१ बाट समाप्त भइसेको छ ।

सामाजिक सुरक्षा भक्ता वितरणबाट सेवा प्रदायक र सेवाग्राही दुबै पक्षलाई फाइदा पुगेको बैंकले बताएको छ ।

बैंकिङ्ग प्रणाली मार्फत् सामाजिक सुरक्षा भक्ता वितरण गर्दा दोहोरो भुक्तानी हुने सम्भावना शुन्य रहने, जीवित व्यक्तिले मात्र  सेवा पाउने, सकम लुटिने वा चारी नहुने तथा थोरै रकम भएपनि सेवाग्राहीले बैंकमा बचत गर्नसक्ने बानी बस्नेजस्ता सुविधा प्रदान गरिएको थियो ।

साथै  तीन किस्ता वापतका सामाजिक भत्ता रकम बाँड्नका लागि मन्त्रालयबाट बैंकलाई प्राप्त भएको रकम रु. ४९ करोड २४ लाख उन्नसत्तरी हजार छ सय मध्ये रु. आठ करोड २२ लाख १३ हजार नौ सय दुईबचत भएकोबाट यस कुराको पुष्टि हुन्छ विज्ञप्तिमा भनिएको छ  ।

प्रतिक्रिया दिनुहोस्
MBL