Logo

बिराटनगरमा ग्लोबल आइएमईको एटिएम सेवा, एटिएम संख्या १५१ पुग्यो

बिराटनगरमा ग्लोबल आइएमईको एटिएम सेवा, एटिएम संख्या १५१ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त एटिएम बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका हुन ।

laxmi

कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीलगाएतको उपस्थिति रहेको थियो । महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

उक्त एटिएम सेवा संचालनमा ल्याएसँगै बैंकको एटिएम संख्या १५१ पुगेको छ । बैंकले १५३ शाखा, ३१ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१ एटिएम, १९५ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL