Logo

राष्ट्रिय वाणिज्य बैंक र टेलिकमबीच सम्झौता, खाता खोल्दा निःशुल्क सिमकार्ड

राष्ट्रिय वाणिज्य बैंक र टेलिकमबीच सम्झौता, खाता खोल्दा निःशुल्क सिमकार्ड



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । राष्ट्रिय बाणिज्य बैंकमा नयां खाता खोल्ने ग्राहकहरुलाई निशुल्क टेलिकमको जिएसएम सिमकार्ड उपलब्ध गराउने गरी बिहीबार उक्त सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन । उक्त सम्झौता पश्चात हालसम्म सिमकार्ड नलिएका राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जिएसएम सिमकार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL