Logo

ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको अन्तिम स्वीकृति, मंसिर भित्रै एकिकृत कारोबार

ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको अन्तिम स्वीकृति, मंसिर भित्रै एकिकृत कारोबार



काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंकले मर्जरमा जानका लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले दुई बैंकलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति दिइएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए ।

laxmi

राष्ट्र बैंकले स्वीकृति दिएसँगै यहि मंसिरभित्रै एकिकृत कारोकार सुरु गरिने ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

दुई बैंकबीच एकिकृत कारोबार सेवा सुरु भएसँगै नेपालमै सबैभन्दा ठूलो बैंक बन्ने छ । दुई बैंक मर्ज हुँदा बैंकको चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ ।

हाल ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करो ५ लाख रुपैयाँ रहेको छ । बैंकको भर्खरै सम्पन्न साधारणसभाबाट लगानीकर्तालाई वितरण गरिएको १२ दशमलव ५ प्रतिशत बोनस सेयरसँगै चुक्ता पूँजी बढेर ११ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ पुग्ने छ ।

यसैगरी जनता बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ७ लाख रुपैयाँ रहेको छ भने ६ प्रतिशत बोनस सेयर पश्चात पूँजी बढर ८ अर्ब ४८ करोड ८ लाख रुपैयाँ पुग्ने छ ।

मर्जरसँगै बैंकको चुक्ता शाखा संख्या करिव ३ सय पुग्नेछ भने २६० भन्दा एटीएमको संख्या २६० भन्दा बढि हुनेछ । यस्तै शाखारहित बैंकिङ सेवा केन्द्र २४५ पुग्नेछ भने एक्सेन्सन काउण्टरको संख्या ३३ वटा हुनेछ । साथै कर्मचारी संख्या पनि ३ हजार २ सय जनाभन्दा बढि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL