Logo

एटीएम मेशिन थप्दै रावाबैंक, असारबाट सञ्चालनमा ल्याइने

एटीएम मेशिन थप्दै रावाबैंक, असारबाट सञ्चालनमा ल्याइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

६ असार,काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले केही समयभित्रै ५० वटा एटिएम मेशिन थप्ने भएको छ । बैंकले आगामी असोजसम्म सञ्चालनमा ल्याउने गरी  ५० वटा एटिएम थप्न लागेको हो ।

 एटिएम थप्न बोलपत्र मागिसकेको बैंकले जानकारी दिएको छ । अन्य बैंकको तुलनामा एटीएम सञ्चालनमा पछी परेपनी पछल्लो समय बैंकले सूचना प्रविधिमा बढी ध्यान केन्द्रित गरेको जनाइएको छ ।

५० वटा एटिएम मेशिन थपेपछि बैंकको देशभर १ एक सय ३० वटा एटिएम हुनेछन् । बैंकलाई प्रतिस्पर्धी र सेवाग्राहीको चाहना अनुसार आधुनिक सेवा दिन पनि एटिएम मेशिन थप्नु पर्ने अवस्था छ ।

बैंकका हालसम्म एक सय ५९ वटा शाखा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL