काठमाडौं । प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा बोलाएको छ । ओम डेभलपमेन्ट बैंकसँगको एक्विजिशन प्रक्रिया तोडिएसँगै बैंकले आफ्नो ११ औं बार्षिक साधारणसभा बोलाएको हो ।
बैंक संचालक समितिको मंगलबार बसेको संचालक समितिको जेठ २६ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो ।
बैंकले यही जेठ ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यसाधारणसभामा सहभागी हुन चाहनेले जेठ ८ गतेभित्र बैंकको सेयर खरीद गर्नुपर्ने छ ।
