Logo

भुकम्प पिडीतलाई २ प्रतिशत व्याजदरमा घरकर्जा, वाणिज्य बैंकलाई शून्य व्याजदरमा पूर्नकर्जा उपलब्ध गराउदै राष्ट्र बैंक

भुकम्प पिडीतलाई २ प्रतिशत व्याजदरमा घरकर्जा, वाणिज्य बैंकलाई शून्य व्याजदरमा पूर्नकर्जा उपलब्ध गराउदै राष्ट्र बैंक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२४ बैशाख, काठमाडौं । भुकम्पबाट घरबार विहीनहरुका लागि नेपाल राष्ट्र बैंकले २ प्रतिशत व्याजदरमा घरकर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले पीडितहरुलाई सहयोग र्पुयाउन पुननिर्माण कार्यको लागि काठमाडौं उपत्यकामा अधिकतम २५ लाख रुपैयाँसम्मको र उपत्यका बाहिर अधिकतम १५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जामा बैंकहरुलाई शून्य ब्याजदरमा पुर्नकर्जा उपलव्ध गराउने व्यवस्था समेत गरेको बताइएको छ ।

‘यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले अधिकतम २ प्रतिशतसम्म मात्र ब्याज लिन सक्ने व्यवस्था मिलाइएको छ ।’ राष्ट्र बैंकद्धारा जारी  सूचनामा उल्लेख छ ।

भूकम्पका कारण हालसम्म २ लाखभन्दा बढी घरहरु क्षतीग्रस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL