Logo

एनआईसी एशियाले संचालनमा ल्यायो एकैदिन ३ नयाँ शाखा

एनआईसी एशियाले संचालनमा ल्यायो एकैदिन ३ नयाँ शाखा



काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बिहीबार विभिन्न कार्यक्रमको आयोजना गर्दै काठमाडौं उपत्यका भित्र दुई र पर्सा जिल्लाको जगरनाथपुुुरमा १ गरि ३ नयाँ शाखा संचालनमा ल्याएको हो ।

laxmi

बैंकले संचालनमा ल्याएको मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठले र चागँुनारायण नगरपालिका वडा नं २ दुवाकोट, भक्तपुर स्थित दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिव हरि केसीले उद्घाटन गरेका हुन ।

यस्तै पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका वडा नं.४ पर्सा स्थित जगरनाथपुुुर शाखाको जगरनाथपुुुर गाउँपालिका अध्यक्ष जालिम मियाँले उद्घाटन गरेका हुन ।

बैंकले हाल २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL