Logo

एभरेष्टको नाफा १ अर्व १९ करोड, संचालन नाफामा उच्च बृद्धि

एभरेष्टको नाफा १ अर्व १९ करोड, संचालन नाफामा उच्च बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखब संवाददाता

८ बैंशाख, काठमाडौं । एभरेष्ट बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्व १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ करोड रुपैयाँभन्दा बढी हो । बैंकले गत आवको सो अवधिमा १ अर्व ८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।  बैंकको चुक्ता पूँजी भने २ अर्व १३ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

बैंकले हालसम्म ७१ अर्व रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५६ अर्व ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको संचालन नाफमा १६ करोडले बृद्धि भएको छ । गत आवको सो अवधिमा १ अर्व १८ करोड रुपैयाँ संचालन नाफा आर्जन गरेकोमा चालू आवको सोही अवधिमा आइपुग्दा १ अर्व ८४ करोड रुपैयाँ संचालन नाफा आर्जन गरको छ ।

सो अवधिमा बैकको कर्जा निक्षेप अनुपात बढेर ७९ दशमलव १७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा सो अनुपात ७९ दशमलव ८४ प्रतिशत रहेको थियो । यस्तै, बैंकले व्याजदर अन्तर पनि घटाएको छ । गत आवको सो अवधिमा बैकको व्याजदर अन्तर ५ दशमलव ६५ प्रतिशत रहेकोमा चालू आवको चैत मसान्तमा आइपुग्दा ४ दशमलव ८४ प्रतिशतमा झारेको छ ।

बैंकको खराव कर्जा भने कुल कर्जा प्रवाहको जिरो दशमलव ६३ प्रतिशत मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL