Logo

साढे २ अर्बको बण्ड निष्कासन गर्दै सिटिजन्स बैंक, सर्वसाधारणका लागि २० प्रतिशत

साढे २ अर्बको बण्ड निष्कासन गर्दै सिटिजन्स बैंक, सर्वसाधारणका लागि २० प्रतिशत



काठमाडौं । सिटिजन्स बैंकले साढे २ अर्ब बराबरको ‘सिटिजन्स बैंक बन्ड २०८५’ निष्कासन गर्ने भएको छ । बैंकले आइतबार एक कार्यक्रम गर्दै १ हजार अंकित दरका २५ लाख कित्ता निष्कासन गर्ने जानकारी दिएको हो ।

बैंकले उक्त बण्ड निष्कासन गर्नका लागि ग्लोवल आइएमई क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । ऋणपत्र निष्कासनको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका हुन् ।

बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरका ऋणपत्र मध्ये ८० प्रतिशत (२ अर्ब रुपैयाँ) व्यक्तिगत र २० प्रतिशत (५० करोड रुपैयाँ) सर्वसाधारणका लागि जारी गरिने छ । उक्त बण्डलाई नेपाल धितो पत्र बोर्डको स्वकृति पश्चात् निष्कासन तथा बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL