Logo

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट’ अब नयाँ विशेषतामा, औँठाछाप बाटै लगईन

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट’ अब नयाँ विशेषतामा, औँठाछाप बाटै लगईन



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो मोवाईल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई अत्याधुनिक प्रबिधिमा ल्याएको छ । बैंकले शुक्रबार उक्त सेवामा आधारित थुपै बिशेषताहरु थपगरि पहिलो पटक नयाँ रुपमा सार्वजनिक गरेको हो ।

उक्त सेवामार्फत मोबाइल बैंकिङ कारोबारको सहजताको लागि व्यक्तिगत क्युआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ । यसका साथै उक्त सेवामा प्रयोगकर्ताको औँठाछाप मार्पmत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली समेत अपनाइएको छ ।

बैंकको नयाँ ग्लोबल स्मार्ट सुबिधा अन्र्तगत ग्राहक स्वयंले बैंकमा नगइकन आफैँ उक्त सेवा सुचारु गर्न सक्ने सुबिधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिने पनि जानकारी दिएको छ ।

त्यसैगरि उक्त सेवा अन्तरगत फोनप्ले को नेटवर्कमा रहेका बिभिन्न मर्चेन्ट हरुको रकम भुक्तानी गर्न मिल्ने बिशेषता थप गरिएको छ । थप गरिएका अन्य विशेषताहरुमा अकाउन्ट ड्यासबोर्ड र क्यालेण्डर इन्ट्रिगेशन सुबिधा रहेका छन ।

उक्त सेवा मार्फत बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL