Logo

‘फाइनान्सियल फ्रड’ सम्मेलन हुँदै, सुचना प्रविधिमा आधारित ठगिबारे जानकारी दिइने

‘फाइनान्सियल फ्रड’ सम्मेलन हुँदै, सुचना प्रविधिमा आधारित ठगिबारे जानकारी दिइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ फागुन,काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेडले आगामी बुधवार ‘फाइनान्सियल फ्रड’ नामक सम्मेलन आयोजना गर्न लागेको छ ।

नेपालको बैंक तथा वित्तीय क्षेत्रमा हाल बारम्बार देखा परेको ठगी तथा घोटालाका विषयलाई समेट्ने गरी एक दिने सम्मेलन आयोजना गर्न लागिएको हो । एनबीआइले भारतको फिन्टिलेक संस्थाको सहकार्यमा वित्तीय क्षेत्रमा उच्च तहमा कार्यरत कर्मचारीलाई लक्षित गरी कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ ।

कार्यक्रममा वित्तीय क्षेत्रमा हुने तथा हुनसक्ने घोटाला,अनुसन्धानका प्राविधिक तरिका, सूचना प्रविधिमा आधारित ठगी तथा त्यस्ता घोटाला निराकरणका अनुभव आदानप्रदान गरिने बताइएको छ ।

कार्यक्रममा स्थानीय वित्रका साथै भारतका इन्डियन बैंक एशोसियशनका सिनियर एडभाइजर संगित शुक्ला,एसबीआइ ग्लोवल फ्याक्टर लिमिटेडका उपाध्यक्ष थिरेसा करुणाकरुणलगायत वित्तीय क्षेत्रका हस्तीहरुको उपस्थिती रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL