Logo

बिओकेको १० प्रतिशत बोनश स्वीकृत , कर्जा प्रवाह २५ प्रतिशतले बढ्यो

बिओकेको १० प्रतिशत बोनश स्वीकृत , कर्जा प्रवाह २५ प्रतिशतले बढ्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

९ फागुन,काठमाडौं । बैङक अफ काठमाण्डौं लिमिटेड(बिओके)ले आफ्ना शेयरधनीहरुलाई १० दशमलव ४१ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकको शुक्रवार सम्पन्न २०औं बार्षिक साधारण सभाले बोनस सेयरको कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको छ ।

बैङकले आथिर्क बर्ष २०७०/७१ मा रु.३६ करोड संचालन मुनाफा र २५ करोड ४४ लाख खूद मुनाफा आर्जन गरेकोे छ ।

सभामा प्रतिवेदन प्रस्तुत गर्दै बैङकका अध्यक्ष सत्यनारायण मानन्धरले बैङकले गत बर्षको तुलनामा आव २०७०र७१ मा कुल कर्जा करीव २५ दशमलव २४ प्रतिशतले बृद्धि गर्दै २८ अर्ब ८७ करोड लगानी पुर्याएको बताए । उनका अनुसार बैंकले निक्षेप २३ दशमलव १६ प्रतिशतले बृद्धि गर्दै ३४ अर्ब ११ करोड पुर्याउन  सफल भएको छ ।

हालसम्म बैङकको ५० शाखा, ५७ एटिएम र ७ एक्स्टेन्शन काउन्टर रहेको छ । यसका साथै शाखारहित बैङकिङको माध्यमबाट संजाल विस्तार गर्ने क्रममा यस बैङकले आधुनिक बैङकिङग प्रणाली (पीओटी.) तथा मोबाइल बैङकिङ जस्ता प्रविधि प्रयोग गरी आधिकारिक एजेन्टका माध्यमबाट पनि बैङकिङग सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL