Logo

कास्कीको रुपा गाउँपालिमा सनराइजको नयाँ शाखा, शाखा संख्या ७१ पुग्यो

कास्कीको रुपा गाउँपालिमा सनराइजको नयाँ शाखा, शाखा संख्या ७१ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले कास्कीको रुपा गाउँपालिका वडा नं. ५ मा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको मंगलबार एक कार्यक्रमका बिच बैंकका नायब महाप्रबन्धक अपछकुमार यादब र गाउँपालिका अध्यक्ष नवराज ओझाले संयुक्त रुपमा गरे ।

हाल बैंकले नेपालभर ७१ वटा शाखा र ८७ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भिएलएन काठमाडौंमा एक्स्टेन्सन काउन्टरलगायत देशभरका विभिन्न स्थानहरुमा १७ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL