बिजखबर संवाददाता
४ फागुन,काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर ५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेका छन् । सोमवार चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै यस्तो बताएका हुन् ।
सरकारले ६ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राखेपनि यस बर्ष पुरा नहुने उनले बताए । कृषि क्षेत्रको बृद्धिदर कम भएकोले लक्ष्य भेट्न नसकिने उनले जानकारी दिए ।
‘कृषि क्षेत्रको बृद्धिदर जम्मा दुई प्रतिशत छ, उनले भने यस्तोमा ६ प्रतिशत बृद्धिदर पुर्याउन सकिदैन ।’
उनले उद्योग बृद्धिदर पनि सामान्य रहने बताए । यस बर्ष मूलय बृद्धिदर भने ८ प्रतिशतमा सिमित हुने उनको प्रक्षेपण छ । सरकारी खर्च बढ्दा सरकारको ढुकुटीमा ७२ अर्व १६ करोड रुपैयाँ थुप्रिएको राष्ट्र बैंकले जानकारी दिएको छ । गत बर्षका संचिती सहित ७५ अर्व ६६ करोड रुपैयाँ संचिती रहेको छ ।