Logo

सिटिजन्स बैंकको ६७ औं शाखा दाङमा, कृषि कर्जा, पशु पालनलगायतमा लगानी गर्ने उद्देश्य

सिटिजन्स बैंकको ६७ औं शाखा दाङमा, कृषि कर्जा, पशु पालनलगायतमा लगानी गर्ने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बैंकले दाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससागै बैंकको शाखा संख्या ६७ पुगेको छ ।

आ ब २०७४।७५ मा पाल्पाको छहरा ,नवलपरासीको भुमही ,मकवानपुरको मनहरी ,बर्दियाको बढैयाताल ,झापाको हल्दिबारी ,महोत्तरीको औरहि र दाङको बंगलाचुली गरी थप ७ वटा शाखाहरु संचालनमा ल्याएको छ ।

हाल सम्म ७४४ ओटा स्थानीय तह मध्य ३ सय ३२ ओटामा मात्रै क वर्गको बैंक पुगीरहँदा यस बैंकको गाउँ गाउँमा शाखा विस्तार गर्ने योजनाले संघीयतालाई दह्रो बनाउन अतुलनीय भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।

आज एक कार्यक्रमबीच यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले कारोवारको सुरुवात गरे ।

उक्त समारोहमा स्थानीय निकायका सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले श्री गटेरा प्राथमिक विद्यालयलाई १ थान र धापा निम्न माध्यमिक विद्यालयलाई १ थान गरी जम्मा २ थान कम्प्युटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओलीले संयुक्त रूपमा गरे ।

उक्त शाखाका इन्चार्ज सुशील पोखरेलले यस क्षेत्रमा कृषि कर्जा , पशु पालन, तथा अन्य व्यवसायिक क्षेत्रमा प्रशस्त लगानी गर्ने बैंकको उदेश्य रहेको जानकारी दिए ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL