Logo

ज्योति विकास बैंकको नयाँ शाखा महोत्तरीको रामगोपालपुरमा, शुक्रबारदेखि सेवा शुुरु

ज्योति विकास बैंकको नयाँ शाखा महोत्तरीको रामगोपालपुरमा, शुक्रबारदेखि सेवा शुुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले शुक्रबारदेखि शुक्रबारदेखि महोत्तरीको रामगोपालपुर नगरपालिका रामगोपालपुर बजारमा नयाँ शाखा स्थापना गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन रामगोपालपुर नगरपालिकाका मेयर असोककुमार मण्डल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काज्यूले संयुक्त रुपका गरेका थिए ।

उद्घाटन समारोहको अध्यक्षता विकास बैंकका संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले गरेका हुन् ।

आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामिण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिँदै आएको कुरा अध्यक्षले बताए ।

कार्यक्रममा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधा लगायत विविध विषयमा जानकारी गराएका थिए ।

उक्त शाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतलाई केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।

हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्दै आएको छ ।

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL