Logo

ग्लोबल आईएमइले पारित गर्यो २० प्रतिशत लाभांश, चुक्ता पूँजी पौने ९ अर्ब

ग्लोबल आईएमइले पारित गर्यो २० प्रतिशत लाभांश, चुक्ता पूँजी पौने ९ अर्ब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंकको एधारौं बार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको बिहीबार भएको साभारणसभाले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर पारितसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । बैंकले २०७४ असोज मसान्तसम्म कुल १ खर्व ४ अर्व ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।

बैंकको हाल १ सय ८ वटा शाखाहरु, १४ वटा राजस्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १ सय २५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL