Logo

प्राइम बैंकको नाफा ५ करोडले बृद्धि, पुस मसान्तसम्म ३६ करोड नाफा

प्राइम बैंकको नाफा ५ करोडले बृद्धि, पुस मसान्तसम्म ३६ करोड नाफा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२१ माघ, काठमाडौं । प्राइम कमर्शियल बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ३६ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । सो रकम गत आवको सोही अवधिको तुलनामा ५ करोड रुपैयाँले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ३१ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको चुक्ता पूँजी ३ अर्व १४ करोड रुपैयाँ रहेको छ ।

बैंकले हालसम्म ३६ अर्व ९२ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३० अर्व २० करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराव कर्जा अनुपात कुल कर्जाको २ दशमलव ४६ प्रतिशत रहेको छ ।

यस्तै बैंकको कर्जा निक्षेप अनुपात ७५ दशमलव ९६ प्रतिशत रहेको छ भने वेस रेट घटेर ७ दशमलव ६९ प्रतिशतमा आएको छ । गत आवको पुसमा बैंकको वेस रेट ९ दशमलव २६ प्रतिशत रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL