Logo

इन्भेष्मेन्ट बैंकको नाफा ९६ करोड, कर्जा प्रवाहमा बृद्धि

इन्भेष्मेन्ट बैंकको नाफा ९६ करोड, कर्जा प्रवाहमा बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ माघ, काठमाडौं । नेपाल इन्भेष्मेन्ट बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ९६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधिमा सामान्य मात्र बढी हो । बैंकले गत आवको सो अवधिमा ९३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको चुक्ता पूँजी ४ अर्व ७७ करोड १२ लाख रुपैयाँ रहेको छ ।

बैंकले सो अवधिमा कर्जा प्रवाहलाई बढाएको छ । गत आवको पुस मसान्तसम्म बैंकको सीडी रेसियो ७३ दशमलव ७८ प्रतिशत रहेकोमा चालू आवमा ७५ दशमलव ९२ प्रतिशत रहेको छ । यस्तै, खराव कर्जा उठ्ने क्रम पनि बढेको छ । गत आवमा खराव कर्जा कुल कर्जा प्रवाहको १ दशमलव ७६ प्रतिशत रहेकोमा चालू आवमा १ दशमलव १३ प्रतिशत मात्र रहेको छ ।

बैंकले हालसम्म ७९ अर्व ९२ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ भने ६३ अर्व ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL