Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपाल मेडकिल एसोसिएसनका सदस्यलाई बिशेष छुट दिने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपाल मेडकिल एसोसिएसनका सदस्यलाई बिशेष छुट दिने



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बिच व्यावसायिक सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसनबीच विस्तारित बैंकिंङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडकिल एसोसिएसन तर्फ अध्यक्ष डा. अनिल बिक्रम कार्कीबाट हस्ताक्षर भइ सो व्यावसायिक सेवा आरम्भ गरिएको छ ।

यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु  (https://www.nimb.com.np/personal-banking/branches) मार्फत प्रोफेशनल बचत खाता खोलि दस लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।
यो सम्झौताबाट नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्