काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, ललितपुरस्थित होपफुल हराईजन नेपाल प्रालिमा मानसिक स्वास्थ सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।
एक समारोहकाबीच होपफुल हराईजन नेपाल प्रालिका मानसिक स्वास्थ्य विशेषज्ञ डा. प्रकृति प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंकिङ प्रमूख अन्जु बस्नेतको पनि उपस्थिति थियो ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल हराईजन नेपाल प्रालिमा पेस गर्नुपर्ने छ ।
होपफुल हराईजन नेपाल प्रालि नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञहरुको टोलि द्धारा निजी क्षेत्रवाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ सम्बन्धी सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।
त्यसैगरी, “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।