Logo

नबिल बैंकले साउन ६ गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुने

नबिल बैंकले साउन ६ गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुने



काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि निष्काशन गरिनेछ । सार्वजनिक निष्काशनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । ८ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।

उक्त ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। ऋणपत्रको निष्काशन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This