Logo

प्रभु बैंकले मध्यतादी जलविद्युत आयोजनामा ७१ करोड माथिको लगानी गर्ने

प्रभु बैंकले मध्यतादी जलविद्युत आयोजनामा ७१ करोड माथिको लगानी गर्ने



काठमाडौं । नुवाकोटको तादी खोलामा निर्माणाधीन ५.५ मेगावाट क्षमताको मध्यतादी जलविद्युत आयोजनामा प्रभु बैंकले ७१ करोड ४४ लाख रुपैयाँ लगानी गर्ने भएको छ।

कुल लागत १ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको आयोजनामा बैंकको ६५ प्रतिशत र दुप्चेश्वर महादेव हाइड्रो कम्पनीको ३५ प्रतिशत लगानी रहनेछ।

शुक्रवार काठमाडौंमा भएको सम्झौतामा कम्पनीका अध्यक्ष अनिल जोशी र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा प्रोजेक्ट हेड दिपेश पोखरेलले हस्ताक्षर गरेका हुन्।

दुप्चेश्वर गाउँपालिका–६ मा १५ महिनाभित्र सम्पन्न हुने लक्ष्यसहित निर्माणाधीन यो आयोजनाबाट उत्पादित विद्युत ६ किलोमिटर प्रशारण लाइनमार्फत समुद्रटार सवस्टेशन हुँदै राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ।

प्रतिक्रिया दिनुहोस्