Logo

यी हुन् पूँजीका हिसाबले विश्वका शीर्ष १० बैंक, चिनियाँ बैंकहरूको विश्वमा राज

यी हुन् पूँजीका हिसाबले विश्वका शीर्ष १० बैंक, चिनियाँ बैंकहरूको विश्वमा राज



काठमाडौं । चीनले बैंकिङको दुनियाँमा आफ्नो प्रभुत्व कायम राखेको छ । विश्वका ४ ठूला बैंकहरू मध्ये चारवटा चीनका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका बैंकहरु सम्पत्तिको हिसाबले विश्वका १० ठूला बैंकहरूको सूचीमा अग्रस्थानमा रन सफल भएका हुन् ।

यस सूचीको शीर्षमा चार चिनियाँ बैंकहरू छन् । यी चार बैंकहरूको कुल सम्पत्ति लगभग २३ ट्रिलियन डलर छ । विश्वको कुनै पनि बैंकले उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । शीर्ष १० सूचीमा अमेरिका र फ्रान्सको २–२ बैंकहरू छन् भने जापान र बेलायतको एक–एक बैंक छन् । चीनसाग प्रतिस्पर्धा गरिररहेको भनिएको भारतका बैंकहरूसूचीमा धेरै पछाडि छन् ।

ब्लूमबर्गका अनुसार, चीनको औद्योगिक तथा वाणिज्य बैंक अफ चाइना यस सूचीको शीर्षमा छ । यस बैंकको सम्पत्ति ६.७ ट्रिलियन डलर छ । अर्थात्, सम्पत्तिको हिसाबले यो विश्वको सबैभन्दा ठूलो बैंक हो । कृषि बैंक अफ चाइना ५.९ ट्रिलियन डलरको कुल सम्पत्तिसहित दोस्रो नम्बरमा छ ।

चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेशन ५.६ ट्रिलियन डलरको सम्पत्तिसहित यस सूचीमा तेस्रो नम्बरमा छ । बैंक अफ चाइना यस सूचीमा चौथो नम्बरमा छ । यस बैंकको कुल सम्पत्ति ४.८ ट्रिलियन डलर छ । यसरी, विश्वका बैंकहरूको सूचीमा रहेका चार चिनियाँ बैंकहरूको कुल सम्पत्ति लगभग २३ ट्रिलियन डलर छ जुन चीनको जिडिपी (१९.२३ ट्रिलियन डलर) भन्दा बढी हो ।

यस सूचीमा अमेरिकाको विशाल जेपी मोर्गन चेस एण्ड कम्पनी बैंक ४ ट्रिलियन डलर सम्पत्तिसहित पाँचौं नम्बरमा छ । बैंक अफ अमेरिका ३.३ ट्रिलियन डलर सम्पत्तिसहित यस सूचीमा छैटौं नम्बरमा छ । बेलायतको बैंक एचएसबीसी ३ ट्रिलियन डलर सम्पत्तिसहित सातौं नम्बरमा छ ।

फ्रान्सको बीएनपी परिबास (२.८ ट्रिलियन डलर) र क्रेडिट एग्रिकोल ग्रुप (२.७ ट्रिलियन डलर) आठौं र नवौं नम्बरमा छन् । जापानको मित्सुबिशी युएफजे फाइनान्सियल ग्रुप २.६ ट्रिलियन डलरसहित दशौं नम्बरमा छ । भारतको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको बैंक एसबीआई (५४७ अर्ब डलर) र एचडीएफसी बैंक (४९४ अर्ब डलर) शीर्ष १०० मा समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्