काठमाडौं । एनआईसी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधाहरू प्रदान गर्ने उद्देश्यले देशभर फैलिएका सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा विशेष छुट प्रदान गर्ने गरी विशेष सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतासँगै अब एन आई सी एशिया बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सञ्चालित मुलुकभर फैलिएका होटल तथा रेस्टुरेन्टहरूमा २० प्रतिशतसम्मको विशेष छुट उपभोग गर्न सक्नेछन् ।
सम्झौता अनुसार ग्राहकहरुले खाद्य तथा पेय पदार्थमा अधिकतम १० प्रतिशत र आवास सेवा (एकोमोडेसन)मा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले यस बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा सिद्धार्थ हस्पिटालिटीका मुलुकभर फैलिएका २२ वटा आउटलेटहरुमा उक्त सुविधा प्रयोग गर्न सक्नेछन् ।