Logo

गभर्नर नियुक्तिविरुद्धको रिटमा सुनुवाई : अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

गभर्नर नियुक्तिविरुद्धको रिटमा सुनुवाई : अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार



काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश नदिने तर मुद्दालाई अग्राधिकार दिने निर्णय गरेको हो ।

जेठ ६ गते नियुक्त भएका डा. पौडेलविरुद्ध अधिवक्ता विशाल थापाले रिट दायर गरेका थिए । रिटमा सिफारिस समितिका पदाधिकारीले राजीनामा गरेर आफैं प्रतिस्पर्धा गर्नु सुशासनविपरीत भएको भन्दै नियुक्ति बदरको माग गरिएको थियो ।

यसअघि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरे पनि अन्ततः अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो । रिटमा पौडेलसँग आवश्यक मौद्रिक, वाणिज्य वा बैंकिङ योग्यता नभएको र नियुक्ति प्रक्रिया कानुनविपरीत भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्