Logo

प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन, स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल नियुक्त

प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन, स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल नियुक्त



काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन् । बैंकको असार १९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

उक्त बैठकले दक्षिण ढोका बस्ने कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ निवासी रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । ३८० औं सञ्चालक समितिको बैठकले गरिएको उक्त निर्णय अनुसार कार्कीले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् भने अर्याल स्वतन्त्र सञ्चालकको हैसियतमा योगदान दिनेछन् ।

यस निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा प्रभु क्यापिटल लिमिटेडलाई समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्