काठमाडौं । सिटिजन्स बैंकको बेनी शाखाले यात्रु प्रतिक्षालय निर्माण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको बेनी शाखाले गण्डकी प्रदेशको बेनी नगरपालिका वडा नं ६ जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । करिब ५० हजारको लागतमा निर्मित यात्रु प्रतिक्षालय वडाका अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण गरिएको छ ।
‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न बैंकले मंगलबारको दिन गण्डकी प्रदेशको वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस हेखाखर्का, पोखरामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ को दिन बृहत बृक्षारोपण कार्यक्रम पोखरा कास्की वडा नम्बर १५ मा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।