Logo

कालोसूचीबाट हटेकालाई ऋण दिन राष्ट्र बैंकको निर्देशन

कालोसूचीबाट हटेकालाई ऋण दिन राष्ट्र बैंकको निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले कालोसूचीबाट हटाइएकाहरुलाई ऋण दिन निर्देशन दिएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचीमा  परेका तर हाल हटिसकेका व्यक्तिलाई ऋण दिन शुक्रबार निर्देशन जारी गरेको हो ।

बैंकमा पटक–पटक कालोसूचीमा परिसकेका व्यक्तिहरुले सूचीबाट हटेपछि पनि ऋण नपाएको गुनासो गरेपछि राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।

कर्जा सूचना केन्द्रले २०४६ देखि यता ऋण नतिर्ने व्यक्तिहरुलाई कालोसूचीमा राखेको छ । हाल त्यस्ता ऋणीहरु ४ हजारभन्दा बढी रहेका छन् । सूचना केन्द्रले हाल १० लाख रुपैयाँ भन्दामाथि ऋण लिएर नतिर्नेलाई कालोसूचीमा राख्दै आएको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा विगतमा कालोसूचीमा रहेकै कारण कुनै पनि व्यक्तिलाई ऋण दिन बन्देज गर्न नपाईने उल्लेख छ । विगतमा कालोसूचीमा परेकाहरुलाई कर्जा नदिने नीति भए त्यस्तो कर्जा नीति समेत संसोधन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL