Logo

नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वाेच्चमा रिट दायर, योग्यतामाथि प्रश्न

नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वाेच्चमा रिट दायर, योग्यतामाथि प्रश्न



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको छ । गभर्नर हुने योग्यता नै नपुगेको भन्दै उनको नियुक्त बदर गर्न माग गर्दै अदालतमा उनिविरुद्ध रिट पेश भएको हो ।

उनिविरुद्ध पेश गरिएको रिट निवेदनमा सरकार र छनोट समितिलाई विपक्षी बनाईएको छ । अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी सहित रिट पेस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्